१ कार्तिक २०८३, आइतबार

१२ ठेकेदार कम्पनी कालोसूचीमा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुन बमोजिम काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्ष ६ महिनादेखि ३ वर्ष सम्मका लागि १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

यस्तै, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।

यस्तैगरी, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढ-डेढ वर्ष कालोसूचीमा राखिएको छ ।