९ कार्तिक २०८३, सोमबार

मोरङमा पनि सीमा स्तम्भको मर्मतसम्भार र रंगरोगन सुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । सरकारको निर्णय अनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सीमा स्तम्भहरुको मर्मतसम्भार र रंगरोगन कार्य सुरू गरेको छ ।
शुक्रबार विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार सुरू गरेर सीमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरूको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सीमाक्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले स्थानीयको सहयोग बिना सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई मजबुद बनाउन राज्याले सीमा सुरक्षालाई वलियो बनाउनु पर्ने जिकिर गरे ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंग रोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसंग रहको ६३ किलोमिटर सीमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् ।

मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।