२ कार्तिक २०८३, सोमबार

नागढुंगाबाट पनि दुई किलो सुन बरामद, तीनजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । काठमाडौं प्रवेश गर्ने नागढुंगामा पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले दुई केजी सुनसहित तीनजनालाई पक्राउ गरेको हो । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको सुन सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूको नाम खुलाइएको छैन ।

यसअघि गएराति त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद गरिएको थियो भने त्यसअघि पनि प्रहरीले काठमाडौंको न्यूरोडस्थित एक कारखानामा छापामारी झण्डै आठ केजी सुन बरामद गरेको थियो ।