
काठमाडौं, २२ मंसिर । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया