
काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र घले रहेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति काठमाडौं उत्रेका घलेलाई विमानस्थलको भन्सारले पक्राउ गरेको हो ।
घलेले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ छिपाइ ल्याएका थिए । सुन जोख्ने क्रमम सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जनाएको छ । सुनको शुद्धता लगायत बाँकी परीक्षण भने आज शुक्रबार हुने बताइएको छ ।
यसैबीच सुनसहित प्रकाउ परेका घलेले गोरखाका मिनबहादुर घलेले सुन मगाएको बयान दिएपछि प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको छ । मिनबहादुरलाई प्रहरीले धुम्बराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चन्द्रको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको बताइएको छ ।











प्रतिक्रिया