काठमाडौँ, २५ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन दिएको समयसीमा अनुसार संविधानसभाको बैठक आजपनि बस्दै छ ।
आजको बैठकमा संविधानका विवादित विषयमा छलफल हुने बताइएपनि पनि शोक प्रस्ताव पारित गरेर समाप्त हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यको रुपमा २०५६ सालको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य डा गोपालप्रसाद कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
दलहरुको बीचमा संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि पटक–पटक छलफल भएपनि हालसम्म सहमति हुन सकेको छैन । दलहरुबीच सहमति भए दोस्रो बैठक राखेर भएपनि संविधानसभालाई अगाडि बढाउने तयारी गरिएको छ ।












प्रतिक्रिया