२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरिएको छ । बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उद्घाटन गरेका हुन् ।

काठमाडौँको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा शुभारम्भ गरेको हो ।उक्त कार्यक्रममा बोल्दै अध्यक्ष हमालले धितोपत्र बजारको विकास र बिस्तार को लागी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।