९ कार्तिक २०८३, सोमबार

देश कसैको बिर्ता होइन, एमालेलाई रोक्ने प्रयास गरे तिनको सत्यानाश हुन्छ: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कामै नलाग्ने सरकार भएको बताएका छन् ।

बिहीबार मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा पर्वतको कुस्मामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार काम गर्ने होइन काम बिगार्न बनेको बताए ।

‘देशमा एउटा सरकार त छ, सरकार छ, तर काम लाग्ने छैन, काम नलाग्ने छ, काम नलाग्ने मात्र होइन, काम बिगार्ने छ’, कार्यक्रममा बोल्दै ओलीले भने।

एमालले उत्तरबाट बाटो खोलेको भए पनि सरकाले त्यसको प्रयोग गर्ने आँट नगरेको ओलीले बताए । एमालेले चुच्चे नक्सा बनाएर संविधानको अङ्ग बनाएको भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन त के बोल्न पनि नसकेको ओलीको भनाई छ ।

सरकारका प्रमुखले भारत गएर बङ्गलादेश जाने बाटो दिन्छौ भने त्यो भूमि दिन्छौँ भनेर आपत्तिजनक अभिव्यक्ति दिएको ओलीले बताए । बङ्गलादेश जाने बाटो नेपालले पाइसकेको पनि उनले प्रष्ट पारे । ‘कसले तिनलाई अधिकार दियो जमिन छाड्ने ? जमिन छाड्छु भन्ने अधिकार कुनै सरकारलाई छैन, यो जमिन लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो’, ओलीले भने ।

एयरपोर्टबाट ३५ क्विन्टल सुन छिर्दा पनि सरकारले समाउन नसकेको ओलीले टिप्पणी गरे । एक क्विन्टल सुन समातेकोमा त्यो पनि घटाएर ६० किलोमा सरकारले झारेको ओलीको आरोप छ ।

रुकुम र जाजरकोटमा भूकम्प प्रभावित नागरिक चिसोले दिनदिनै मर्दा पनि सरकारको ध्यान नपुगेको ओलीले बताए ।

अहिले पहिचानवादीका नाममा केही व्यक्तिले जनतालाई भ्रममा पार्ने र अलमल्याउने काम गरिरहेका ओलीले बताए । विदेशीको इशारामा केही व्यक्तिले वितण्डा मच्चाउने प्रयास गरेको उनले दाबी गरे ।

उनीहरूले नेकपा एमालेको यात्रालाई कोशीमा प्रवेश गर्न दिँदैनौँ भनेर दिएको अभिव्यक्तिको ओलीले निन्दा गरे। ‘कसैको बिर्ता होइन, कुनै भू-भाग नेपालको, हामीले सामना गर्नु नपरोस्, यो बुद्धि छाडिहाल नत्र यो कुराले तिमीहरूलाई सत्यानाश गर्छ’, उनले भने ।