
काठमाडौं, २० मंसिर । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।
प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा समझौता भएको छ । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् ।
यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।
यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त सकिनेछ ।















प्रतिक्रिया