
काठमाडौं, २० मंसिर । जनकपुरधामकी आरती साहको मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश दिएको हो भने ससुरा मोहन साहलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
आरतीका माइतीले दाइजोको निहुँमा आरतीको हत्या भएको दावी गर्दै आएका छन् ।
आरती गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित श्रीमानको घरमा मृत फेला परेकी थिइन् । आरतीको न्यायका लागि भन्दै उनका आफन्तले काठमाडौंमा निरन्तर प्रर्दशन गर्दै आएका थिए ।















प्रतिक्रिया