९ कार्तिक २०८३, सोमबार

विराटनगर आगलागी: मृत्यु हुनेको संख्या दुई पुग्यो, चारजनालाई काठमाडौं ल्याइयो (अपडेट)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । विराटनगरको एक कवाडी गोदाममा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दिउँसो साढे दुईबजे भएको आगलागीमा परेर गोदामका मालिक विराटनगर ६ का दीपक मण्डल र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक कामदारको भने सनाखत हुन सकेको छैन ।

आगलागीमा परेर गम्भीर घाइते चार जनालाई भने थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गृह मन्त्रालयले नेपाली सेनाको स्काई ट्रक पठाएपछि चारजनालाई कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्।

रीता र सुशीलाको अवस्था गम्भीर छ।