२ कार्तिक २०८३, सोमबार

सत्तारूढ दलका नेताहरू बालुवाटारमा छलफलमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीको विषयमा सत्तारूढ दलका नेताहरूबीच छलफल भइरहेको हो ।

एनसेलको सेयर किनबेचमा चलखेल भएको आशंका भइरहेका बेला सत्तारूढ दलहरू छलफलमा जुटेका हुन् ।

यसअघि हिजो पनि बसेको गठबन्धनको बैठकले सेयर किनबेचको छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।