
जाजरकोट, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड) ले नेकपा (एमाले) को अभियान मध्यपहाडको विकास र समृद्धीमा केन्द्रीत भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’को पछिपछि मध्यपहाडि लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुग्नु भएका प्रकाण्डले एमालेको अभियान समृद्विका लागि भएको बताएका हुन् ।
‘एमालेले जो अभियान चलाएको छ । यसले सामाजिक, राजनीतिक हिसाबले राष्ट्रिय पुहुँचमा पुग्न नसकेको मध्यपहाड क्षेत्रमा केन्द्रीत भएको सन्देश दिन झलाघाट देखि चिवाभञ्ज्याङको यात्रा गरिहरहेको छ’, जाजरकोटको थलहमा भएका प्रवक्ता प्रकाण्डले भने, ‘एमाले अभियानले आप्mना राजनीतिक र सांगठनिक कामहरुलाई मध्यपहाडमा केन्द्रीत गर्यो भन्ने देखाएको छ । यो लोकमार्गलाई थप प्रभावकारी रुपमा अघि बढाउन यस क्षेत्रका अगुवा, राजनीतिक दल र नागरिकहरुसँगको छलफले जनतालाई पनि सहज हुने र स्वयम् एमाले पार्टीलाई पनि मध्य पहाडको विकासमा स्थापित हुन सहज हुन्छ । तर यसमा उठेका विषयहरुलाई एमालेले कसरी उठान गर्छ र समाधान गर्छ भन्नेमा पनि भर पर्छ ।’
तत्कालीन माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धका क्रममा उठाएका राजनीति मागहरु आंशिक रूपमा पुरा भएपछि मध्यपहाड क्षेत्रका जनताका विकास र समृद्धीका नारा पुरा हुन नसकेको उल्लेख गर्नु भएका नेता प्रकाण्डले विकासका दृष्टिकोणले मध्यपहाडि लोकमार्ग निकै महत्वपूर्ण मेरुदण्ड भएको उनको भनाइ छ ।
राज्यले ठूलो लगानी गरेर निर्माण शुरु गरेको मध्यपहाडि लोकमार्गको विभिन्न खण्डमा राम्रोसँग निर्माण हुन नसकेको उल्लेख गरेका उनले यस क्षेत्रमा सवारी साधनहरुको चाप नहुने भएका कारण राज्यको लागनी अनुसारको प्रतिफल प्राप्त नहुने हो कि भन्ने आशंका व्यक्त गरे ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रियको नारकाका साथ एमालेले मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि सुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय अभियान सुदूरपश्चिम र कर्णाली प्रदेश सकेर आज गण्डकी प्रदेश प्रवेश गरेको छ ।















प्रतिक्रिया