९ कार्तिक २०८३, सोमबार

सोती हत्याकाण्ड: वडाअध्यक्षसहित २३ जनालाई जन्मकैदको फैसला

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । प्रेम सम्बन्धका कारण नवराज विकसहित ६ जनाको हत्या भएको सोती हत्याकाण्डको २३ जनालाई अदालतले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। अदालतले आठजनालाई भने सफाइ दिएको छ।

जन्मकैदको फैसला हुनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी एकजना नाबालकलाई पनि जन्मकैदको सजाय भएको छ।

यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै ३४ जना पक्राउ परेका थिए। २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेकामा नवराजसहित ६ जनाको हत्या भएको थियो ।

हत्या हुनेमा विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाही हुन् ।