२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।