९ कार्तिक २०८३, सोमबार

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले राज्यविरुद्धको कसुरमा ४ वर्षअघि दायर भएको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी हुनेहरूमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की रहेका छन् ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन आदेश दिइएको छ ।