
काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका हुन् ।
उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिर गरे । एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र बिकास सक्ने उनले बताए ।
अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको धारण राखे ।
ओलीले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको बताए ।















प्रतिक्रिया