९ कार्तिक २०८३, सोमबार

मन्त्रिमण्डल पुनर्गठनमा सोचेको छैन, हल्ला मात्रै हो: प्रधानमन्त्री प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेरको बारेमा नसोचेको बताएका छन् ।

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका हुन्

। ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’