– सुदीप अधिकारी
बर्दिया,२४ जेठ । बर्दिया राष्ट्रिय निकुञ्जमा केहीदिन यता व्यापक डढेलो लागेको छ ।
निकुञ्जको उत्तरी क्षेत्र चुरेहुँदै डढेलो दक्षिण पश्चिमतर्फ फैलदै गएको छ । निकुञ्जको करिव ३० भन्दा बढी स्थानमा डढेलो सल्केको छ । यतीखेर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा डढेलो सल्केको छ ।
डढेलोको कारण निकुञ्ज छेउछाउका बस्ती धुँवाले ढपक्कै भएका छन् । डढेलोको धुँवाका कारण निकुञ्ज मध्यवर्ती क्षेत्रका बासीन्दा निकै प्रभावित भएका छन् । निकुञ्जको छेवैँमा रहेका भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औरीलगाएतका दर्जनौ गाउँमा धुवाको असर पर्ने गरेको छ ।
डढेलोका कारण निकुञ्ज नजीकको बस्ती राती र विहानको समयमा धुवाले ढपक्कै ढाक्ने गरेको स्थानीयबासीको भनाई छ । धुवाका कारण विहानमा हिडडुल गर्न समेत निकै अप्ठ्यारो हुने गरेको छ ।
धुँवाको कारण मानिसमा खोकी लाग्ने, आँखा पोल्नेजस्ता समस्या देखा पर्न थालेको निकुञ्ज छेवैँमा रहको बर्गदा गाउँका पहाडी थारुले बताए । उनले भने, दिउँसोमा हावा चल्नाले धुवाको असर कम देखिन्छ । तर, दिन ढल्दै जाँदा धुँवा पनि फैलन । धुँवाले स– साना केटाकेटी र बृद्धहरुलाई बढी स्वासप्रश्वास सम्बन्धि समस्या देखिन थालेको छ ।
गर्मी यामसँगै पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्जमा सल्केको डढेलो फैलिदै गएको बताइएको छ । निकुञ्जमा वर्षेनी डढेलो लाग्ने गर्छ । निकुञ्जमा लागेको डढेलोका कारण प्रत्येक वर्षको चराचुरुङ्गीका अण्डा, गुड बच्चा र नया वोटविरुवा तथा जडीबुटीहरु जलेर नष्ट हुने गरेको संरक्षणकर्मीको भनाइ छ । निकुञ्जमा चारीसिकार गर्ने, मह काढ्ने ब्यक्तिहरुले निकुञ्जमा आगो लगाएको हुन सक्ने निकुञ्जको अनुमान छ ।
















प्रतिक्रिया