२ कार्तिक २०८३, सोमबार

फिलिपिन्सको एक विश्वविद्यालयको व्यायमशालामा विष्फोट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । दक्षिणी फिलिपिन्सको एक विश्वविद्यालयको व्यायामशालामा भएको विस्फोटमा तीन जनाको मृत्यु छ ।

नौ जना घाइते भएको अलजजिराले जनाएको छ । मारावी शहरको मिन्डानाओ स्टेट विश्वविद्यालयमा रहेको क्याथोलिक जन सेवामा विस्फोट भएको हो । शैक्षिक संस्थाहरूमा हुने आतङ्ककारी हमलाको निन्दा गर्दै मिन्डानाओका गर्भनरले यो घटनाले युवा र देशको भविष्यमा समेत असर पारेको बताएका छन् ।

मिन्डानाओ स्टेट विश्वविद्यालयले आक्रमणबाट दुःख व्यक्त गर्दै अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गरेको छ । इस्लामिक स्टेट समर्थक लडाकुहरूले विष्फोट गराएको भन्दै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । मिन्डानाओ दशकौंदेखि इस्लामिक विद्रोही समूहको बीचमा हिंसामा परेको छ ।

२०१७ मा पनि विद्रोही समूहको आक्रमणमा परि १ हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । एजेन्सी