१ कार्तिक २०८३, आइतबार

फिलिपिन्समा शक्तिशाली भूकम्प

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनिला, १७ मंसिर । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार राति १०ः३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एशियाली मुलुक हो ।