२ कार्तिक २०८३, सोमबार

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १५ मंसिर । रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भने, “प्रणालीपूर्ण रूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शङ्कास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”

अधिकारीका अनुसार आतङ्कवादी गतिविधिलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उनले बताएका छन् ।

यद्यपि, रोसफिनमोनिटरिंग र रूसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा सुरू गरिएको रूसी सफ्टवेयर प्रणाली ट्रान्सप्यारेन्ट ब्लकचेनले यी शङ्कास्पद लेनदेनहरूको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउँछ ।

शिखानचिनले भने, “रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ ।” एएफपी