२७ कार्तिक २०८३, शुक्रबार

जब एमाले अध्यक्ष ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरे (भिडिओसहित)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा छन् । सोही क्रममा अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेर उनलाई फोन सम्पर्क गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुककमा एक भिडिओ सेयर गर्दै उनले देउवासँग गरेको कुराकानी जानकारी गराएका हुन् ।

‘सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी ! (सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ । त्यसैले यसलाई पोस्ट गरेको छु ।)’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।

यसैबीच, पदयात्रामा रहेको एमालेको टोली आज डोटीको सिलगढी पुग्दैछ । हिजो बैतडीको झुलाघाटबाट सुरू भएको पदयात्रा डडेल्धुराको अमरगढी पुगेको थियो ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर संकल्प यात्राको शुभारम्भ गरेका थिए । हिजो बिहीबार १३० किलोमिटर यात्रा गरेर अभियान डडेल्धुराको अमरगढी पुगेको थियो । तीन साता लामो हुने पदयात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।