भैरहवा, २४ जेठ । विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवा अहिले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने दौंडमा छ ।
१३ वटा वार्ड भएको सिद्धार्थनगरमा केही महिना अगाडी वडा नम्बर ७ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको थियो भने शनिवार मात्रै वडा नम्बर ९ भएको थियो । यसैबीच आइतबार वडा नम्बर १२ एक औपचारिक कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।
आइतबार विहानै ७ बजे वडाको देवकोटा चौंकमा केही तुल व्यानर सहित जम्मा भएका वडावासी र विभिन्न संघसंस्थाको प्रतिनिधी सहितको एक र्यालीले वडाको शान्तिनगर, जनतापथ, रुद्रपथ, नयाँसडक, आवारोड, कालिकापथ हुँदै सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा पुगेको थियो ।
सभाहलमा भएको घोषणासभा वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय उपसमितिका संयोजक गोविन्द बस्यालको अध्यक्षता, सहसंयोजक सुनिल कुवँरको स्वागत, वडा नागरिक मन्चका संयोजक शालिकराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थनगर पालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतम, सिद्धार्थनगर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष डा. शान्त कुमार शर्मा, भैरहवा बहुमुखी क्याम्पसका प्रमुख डा. घनश्याम न्यौपाने, नेपाली कांग्रेसका नगर सभापति सुरेन्द्र थापा क्षेत्री लगायतले मन्तब्य राख्दै सिनपा १२ लाई खुल्ला दिसामुक्त क्षेत्रलाई नीतिगत रुपमा घोषणा भएकोले व्यवहारतः कायम राख्न सबै वडावासी लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले क्षेत्रीय अध्यक्ष घनेन्द्रविक्रम पाण्डे, न्यू ईरा आवासीय उच्च माविका अध्यक्ष कुलानन्द ज्ञवाली, नगरपालिकाका वरिष्ठ लेखा अधिकृत गणेश क्षेत्री, सामाजिक शाखा प्रमुख शेखरनाथ पन्थी, वडा सरसफाई संयोजक टिका आचार्य, सिद्धार्थ सामुदायिकका अध्यक्ष पुरन प्रसाद श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा न्यू ईराका शिक्षक धनबहादुर गहतराजको नेतृत्वमा सयौं विद्यार्थी, सिद्धार्थ सामुदायीक सेवा केन्द्र, भैरहवा आनन्द मण्डली, सामाजिक विकास तथा सेवा समुह सिद्धार्थनर लगायतका संघसंस्थाका प्रतिनिधी र स्थानीय वडाबासीको सहभागीता रहेको थियो ।
















प्रतिक्रिया