२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली आज धनगढीबाट बैतडी जाँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट बैतडी जाँदै छन् ।

भोलि बिहीबार मंसिर १४ गते सुरु हुने पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ समृद्धिका लागि संकल्प यात्रा २०८० को शुभारम्भका लागि अध्यक्ष ओली बैतडी जान लागेका हुन् ।

अध्यक्ष ओलीले भोलि बैतडीको झुलाघाटमा संकल्प यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उनी काठमाडौंबाट मंगलबार साँझ धनगढी पुगेका थिए ।

अध्यक्ष ओलीले धनगढीमा पार्टीका अगुवा नेता कार्यकर्ता लगायतसँग भेटघाट गरेको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए । संकल्प यात्राका लागि अध्यक्ष ओलीसँगै पार्टीका पदाधिकारीसहित नेताहरू बैतडी जाने तयारीमा रहेको उनले बताए ।

करिब तीन साता सम्म चल्ने संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा पर्ने प्रमुख सहर लगायतका ठाउँमा आमसभा गरिने एमालेले जनाएको छ । पश्चिम बैतडीको झुलाघाटबाट सुरु हुने एमालेको संकल्प यात्रा पूर्व चिवाभञ्ज्याङ पुगेर समापन गर्ने कार्यक्रम रहेको बताइएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको लम्बाई करिब १८७९ किलोमिटर रहेको छ ।