
काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बुधबार बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । बैठकमा आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने उनको भनाइ छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा बस्नेछ ।











प्रतिक्रिया