
काठमाडौं, १२ मंसिर । काठमाडौंमा प्रदर्शनका क्रममा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापासहित आठजनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
हिजो र आज गरी पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको हो । गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो।
जसमध्ये ८ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो ।
प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्य, निकेश बाँस्तोला, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरूङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो।















प्रतिक्रिया