
जनकपुरधाम, १२ मंसिर । नेकपा (एमाले) केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सञ्चालन हुने ‘झुलाघाट-चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि मधेश प्रदेश कार्यालयको आयोजनामा आज तयारी बैठक जनकपुरमा सम्पन्न भएको छ ।
बैठकले मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । त्यसका साथै बैठकले केही महत्वपूर्ण निर्णय समेत गरेको एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिए ।
मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा र पोलिटब्यूरो सदस्य अच्युत मैनालिको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
बैठकमा पार्टिका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष,जनसङगठनका नेताहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया