९ कार्तिक २०८३, सोमबार

कमेडियन अपूर्व क्षितिज दोषी ठहर

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । कमेडियन अपूर्व क्षितिज दोषी ठहर भएका छन् ।

कमेडिका क्रममा क्षितिजले नेवार समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीश कपिलमणी गौतमको इजलासले उनलाई दोषी ठहर गर्दै १० हजार जरिवाना तोकेको हो । २०७९ कात्तिकमा अपूर्वविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको थियो ।

उनीविरूद्व मुद्वा परेपछि उनलाई प्रहरीले २०७९ असोजमा पक्राउ गरेको थियो । थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।