३० आश्विन २०८३, शुक्रबार

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्नेगरी सरकारले तयारी गरिरहेको छ: प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

सोमबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले सुकुम्वासी तथा जग्गाविहीनलाई सहजरूपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले वन ऐनको पनि संशोधन गर्ने निर्णय भएको जानकारी दिदै यसले एक प्रकारको क्रान्ति ल्याउने दावी गरे ।

माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे । सरकारले गरेको राम्रो कामको प्रचार गर्न प्रचण्डले आग्रहसमेत गरे ।