९ कार्तिक २०८३, सोमबार

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । प्रहरीले काठमाडौंको गौशालाबाट धर्म गुरू भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएका श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी यसअघि पनि विवादमा तानिएका थिए । उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए ।

आज पनि गेरुवस्त्रमा त्रिशुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै मुद्दा चलाउने प्रहरीको तयारी छ।