
काठमाडौं , ११ मंसिर । काठमाडौंको गौशालामा प्रहरी र राजसंस्था पुर्नस्थापनाको माग गर्दै आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकबीच झडप भएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ।
केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।















प्रतिक्रिया