२ कार्तिक २०८३, सोमबार

आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा कारोबार भइरहेको छ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुन हालसम्मकै महँगो मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक ११ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रूपैँयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।