२७ कार्तिक २०८३, शुक्रबार

सानीभेरी किनारमा एक पुरुषको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, ११ मंसिर । रुकुम पश्चिमको सानी भेरी गाउँपालिका-३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी किनारमा शव रहेको सूचना प्रहरीलाई दिएका थिए । सूचनापश्चात् इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी सिम्लीबाट गएको प्रहरी टोलीले शव पानी बाहिर निकालेको थियो । शवको पहिचान भने हुन सकेको छैन ।

शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । शवलाई घटनास्थल प्रारम्भिक कार्यपश्चात् पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।