९ कार्तिक २०८३, सोमबार

वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १० मंसिर । सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।

पक्राउ परेको दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।