९ कार्तिक २०८३, सोमबार

अर्थमन्त्रालयले थाल्यो तेस्रो लगानी सम्मेलनको तयारी (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । अर्थ मन्त्रालयले आगामी वैशाखको दोश्रो साता हुने तेस्रो लगानी सम्मेलनको तयारी थालेको छ ।

मन्त्रिपरिषद्को कात्तिक २३ गतेको बैठकले वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । जसअनुसार अर्थमन्त्री डा प्रकाशशरण महतको संयोकत्वमा गठन भएको निर्देशक समितिको पहिलो बैठकले तेस्रो लगानी सम्मेलनको तयारीका बारेमा छलफल गरेको हो ।

बैठकमा अर्थमन्त्री डा महतले सरकारले बैंशाखमा लगानी सम्मेलनको मिति तोकको भन्दै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजानेगरी तयारी गर्नुपर्ने बताए ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने उनले बताए ।

त्यस्तै महतले लगानी सम्मेलनका लागि ‘सोकेस’मा लैजाने आयोजनाका विषयमा पनि तयारी गर्न निर्देशन दिए ।

लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ ।