
काठमाडौं, १० मंसिर । नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो । आज छापावल सुन प्रतितोला एक लाख १६ हजार ९ सय रूपैंयामा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रतितोला एक लाख १६ हजार ३५० रूपैंयामा कारोबार भइरहेको हो । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया