१० कार्तिक २०८३, मंगलबार

स्कूल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ९ मंसिर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउपालिका ७ मा पिकनिक खाएर घर फर्कदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कूलको प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका-५ का बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा नगरपालिका-६ का ७ वर्षीया सम्या चौधरी र सोही ठाउँका ६ वर्षीय बिकाश चौधरीको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । स्कुल बस चालकले गाँउको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।

घटना लगत्तै डीएसपी चौधरीको नेतृत्वको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्दार गरेको थियो ।