१० कार्तिक २०८३, मंगलबार

अहिलेका दलहरूबाट देशको विकास हुँदैन, जनतालाई अघि सार्नुपर्छ: दुर्गा प्रसाईं (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूहरूको अभियानले देशको विकास गर्ने दावी गरेका छन् ।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले अहिलेका दलहरूबाट देशको विकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दावी गरेका हुन् ।

सबै नेपालीहरू राष्ट्रवादी बन्न आवश्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ । प्रसाईँले बिभिन्न कारणले जनताहरूले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको धारणा राखे ।

१००औं बर्ष आन्दोलनमा बेतित गर्नुपर्दा देशमा विकास हुन नसकेको उनले बताए । उनले भ्रष्टाचार, तस्कर विरुद्ध लड्न आह्वान समेत गरे । प्रसाईँले शान्तिपूर्ण रुपमा आफुहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

उनले आफूहरूलाई काठमाडौमा निषेध गर्नेहरुलाई अब आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिए ।