२१ कार्तिक २०८३, शनिबार

एमाओवादी नेता पोखरेल भन्छन्-‘सरकार भन्दा संविधान आवश्यक छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giriraj-mani-pokharelमहोत्तरी, २४ जेठ । एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दललाई द्रुत विधिभन्दा अतिद्रुत विधि अपनाउनुपर्ने बताउनुभएको छ ।

गृह जिल्ला महोत्तरी आउनुभएका नेता पोखरेलले आइतबार बिहान पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सङ्कटसँग सामना गर्नका लागि राष्ट्रिय सहमतिको सरकारभन्दा सहमतिमा संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपालको निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष तथा ४० प्रतिशत समानुपातिक तरिकाले गराउने निर्णय अन्तिम चरणमा पुगेको र सो निर्णयलाई केही दिनमै अन्तिम रुप दिइने उहाँको भनाइ थियो ।