
काठमाडौं, ७ मंसिर । बल्खुमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् भने ३० जना बढी प्रहरी पनि घाइते भएका छन ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रृग्यास र पानीको फोहोरासमेत हानेको छ ।
















प्रतिक्रिया