३० आश्विन २०८३, शुक्रबार

‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ आजदेखि

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ मंसिर । पोखरामा आजदेखि ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ सुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । एकेडेमीका अनुसार पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, आयोजक मदन भण्डारी एकेडेमीका रेड र ब्लु गरी दुई टोलीसहित १२ टोली सहभागी छन् ।

उद्घाटनको खेलमा समूह ‘ए’ को बागमती प्रदेश र मदन भण्डारी रेडबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । चार समूहमा खेलाइने खेलमा हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले पाँच लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले दुई लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।