९ कार्तिक २०८३, सोमबार

नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने चलचित्र रोक्न माग गर्दै बालेनले लेखे पत्र

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन माग गर्दै चलचित्र सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’लाई पूर्ण कार्यान्वयन गर्न बालेनले सेन्सर बोर्डलाई आग्रह गरेका हुन् ।

पञ्चशीलता सिद्धान्त/शान्ति प्रवर्धन, एक: राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन समेत पत्रमा उल्लेख छ।

कार्यविधी अनुसार प्रतिवन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा कानुन बमोजिम आवश्यक कदम चाल्ने समेत बालेनले चेतावनी दिएका छन् ।