
काठमाडौं, ६ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरपछि राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले माइतीघरपछि राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार आयोजना गर्न लागेका छुट्टा छुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासनले थप निषेधित क्षेत्र घोषणा गरेको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको प्रशासनले जनाएको छ ।












प्रतिक्रिया