३० आश्विन २०८३, शुक्रबार

विश्वपक क्रिकेट: भारतले गुमायो तेस्रो विकेट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ।

११ औं ओभरको दोस्रो बलमा भारतले श्रेयस ऐरलाई पनि सस्तैमा गुमाउन पुग्यो। ऐरलाई अष्ट्रेलियाका कप्तान प्याट कुमिन्सको बलमा मात्रै ४ रन बनाउँदा विकेट किपरको हातबाट क्याचआउट भए।

यसअघि कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए। ओपनर शुवमन गिल मात्रै ४ रनमै आउट भएका थिए। अहिले विराट कोहली र केएल राहुल क्रिजमा छन्।

विराटले २२ बलमा २४ रन जोडेका छन्। भारतले ११ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ८२ रन बनाएको छ।