३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई मैदान बाहिर निकाल्न योगेश र मिनेन्द्रले कसरी फकाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neta-vs-actor-football-0

काठमाडौं, २३ जेठ । देशका शिर्ष नेता र चर्चित कलाकारबीच शनिवार राजधानीमा आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा रोमाञ्चक दृश्य देखियो । दिउँसो सवा ३ बजे सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा शिर्ष नेताको कप्तानी गर्दै प्रधानमन्त्री सुशील कोइराला मैदानमा उत्रिएका थिए ।

उपस्थित दर्शकहरु भन्दै थिए- यति बुढा प्रधान्मन्त्रीले के खेल्न सक्लान ? तर सुशील कोइरालामा छुट्टै जोश देखियो । उनी २० मिनेट भन्दा बढी मैदानमा उभिए । कहिले आफ्नो टीममा रहेका नेतासँग बल पास माग्थे, त कहिले राम्रो नखेलेको भन्दै अरुलाई रिस पोख्थे । सकिनसकी मैदानमा उत्रिएका प्रधानमन्त्री कहिले भने हेड गर्न खोज्दथे।

football-final-fianlउनी गोल हान्न कोसिस त गर्थे, तर  तर, गोल पोष्टमा पुग्दा पनि उनले गोल हान्न सकेनन् । अझ रमाइलो के भयो भने, प्रधानमन्त्री कोइराला थाकेको भन्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बाहिर गएर आराम गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले मानेनन् ।  बरु मिनेन्द्र हाँस्दै बाहिर निस्के । त्यतिबेला कलाकारको टिमले नेताहरुलाई पेलिरहेको थियो ।

त्यसपछि प्रधानमन्त्रीलाई फकाउन अगाडि तम्सिए, नेकपा एमालेका सचिव एवं युवा नेता योगेश भट्टराई । तर योगेश भट्टराईको आग्रहलाई पनि प्रधानमन्त्री माननेन् । र, मैदानमा खेलिरहे ।

उनी राम्रोसँग खेल्न सकिरहेका थिएनन् । तर खेल्ने जोश भने देखिन्थ्यो । कलाकारको टिमले अति नै पेल्न थालेपछि एमाले नेता भट्टराई फेरि प्रधानमन्त्रीलाई फकाउन पुगे । त्यतिबेला उनी गोल पोष्ट नजिकै पुगेका थिए ।

neta-vs-actor-footballप्रधानमन्त्रीलाई फकाएर बाहिर ल्याउने योगेशको दोस्रो प्रयास सफल भयो । भट्टराईले सम्झाए-‘तपाई देश चलाउने मान्छे थाक्नुहुँदैन्, आराम गर्नुस ।’ यति भनेपछि मात्रै प्रधानमन्त्री बाहिर आउन माने । खेल चलिरहँदा हलचोकमा प्रधानमन्त्री कोइरालाको पक्षमा निकै हुटिङ भएको थियो ।

प्रधानमन्त्री कोइराला मात्रै होइन्, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि प्रधानमन्त्रीसँगै२० मिनेट भन्दा बढी मैदानमा खेले ।  उनको खेल पनि निकै रोमाञ्चक थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका नेताको खेल पनि रोमाञ्चक थियो ।

को-को खेलाडी मैदानमा जमे ?

neta-vs-actor-football-2

नेताहरुका तर्फबाट मैदानमा उत्रिएका एमालेका अग्नी खरेल, रविन्द्र अधिकारी, विष्णु पौडेल, कांग्रेसका गगन थापा, प्रदीप पौडेल र रमेश लेखक एमाओवादीका हिसिला यमी, वर्षमान पुन टोप बहादुर रायमाझी ओन्सरी घर्ती लगायतका नेता मैदानमा जमेर खेलेका थिए । यस्तै, कलाकारका तर्फबाट धिरेनशाक्य, शंकर विसी, प्रियंका कार्की, निर्जल श्रेष्ठ, दिपकराज गिरी, करिश्मा मानन्धर, दिपाश्री निरौला, केदार घिमिरे लगायतको खेल उत्कृष्ठ थियो । 

नेताहरुको कप्तानी प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेका थिए, भने कलाकारको महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्हालेका थिए । भूकम्प पीडितको सहयोगार्थ  नयाँ पत्रिकाले आयोजना गरेको खेलमा राष्ट्रपति डा. रामबरण यादव पनि सहभागी भएका थिए । मैत्रीपूर्ण खेलमा नेताहरुलाई ३ गोल खुवाउँदै कलाकारको टिम वियजी भएको छ ।