३० आश्विन २०८३, शुक्रबार

विश्वकप जितेपछि अर्जेन्टिनाको पहिलो हार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेसँग हार बेहोरेको छ ।

ब्युनस आयर्समा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भएको हो । अर्जेन्टिनाको यो हार सन् २०२२ कतार विश्वकप जितेपछिको पहिलो हार हो ।

योसँगै अर्जेन्टिना चार जित र एक हारका साथ १२ अंकसहित छनोटको शीर्ष स्थानमा छ भने उरुग्वे १० अंकसहित दोस्रो स्थानमा छ ।

सन् २०२६ को फिफा विश्वकप क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ ।