१ कार्तिक २०८३, आइतबार

बाबर आजमले गरे गाजाको समर्थन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । पाकिस्तानका पूर्वकप्तान बाबर आजमले प्यालेस्टाइनी मुस्लिमहरूले सामना गरिरहेको निरन्तर आक्रमणप्रति चिन्ता व्यक्त गर्दै गाजाका जनताको लागि आफ्नो समर्थन व्यक्त गरेका छन् ।

हालै पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका बाबरले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्दै गाजाप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

बाबरले शेयर गरेको बालिकाको तस्वीरमा प्यालेस्टिनी झण्डा समातेको र उनको काखमा पुतली राखेको देखिन्छ।

यसअघि पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले आईसीसी विश्वकप २०२३ मा श्रीलंका विरुद्धको आफ्नो म्याच जित गाजाका जनतालाई समर्पण गरेका थिए ।

 इजरायल र हमासबीचको जारी युद्धमा गाजामा हालसम्म ५ हजार बालबालिकासहित १२ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।