
काठमाडौं, ३० कात्तिक । दसैँपछि मात्रै काठमाडौं उपत्यकामा एक करोड भन्दा बढीको धनमाल चोरी भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो ।
जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. नौजनाको अवस्था गम्भीर : मोरङको उर्लाबारीको भएको आगलागीमा परी घाइते भएकामध्ये नौजनाको अवस्था गम्भीर, घाइतेहरूको आर्थिक अभावका कारण बिरामीको उपचारमा कमी हुन नदिने र अस्पतालको खर्च मन्त्रालयले बेहोर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको भनाइ ।
२. तीनजना पक्राउ : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ, पक्राउ पर्नेमा टेकबहादुर प्रधान, शेरबहादुर थारू र आशिष लामिछाने ।
३. केन्द्रीय समिति बैठक आह्वान : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बोलायो मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक, बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय ।
४. रास्वपाको घरदैलो : राष्ट्रिय स्वतन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्र बनायो, मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको जानकारी ।
५. दशैंपछि चोरी : दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी, कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको प्रहरीद्वारा जानकारी ।
६. दिमाग खराब मंगलबारसम्म चल्ने : नेपाली चलचित्रलाई हलले विभेद गरेको भन्दै चलचित्र नचलाउने निर्णय गरेको चलचित्र दिमाग खराब टीमले मंगलबारसम्म चलचित्र प्रदर्शन गर्ने, नेपाल चलचित्र संघ र ‘दिमाग खराब’को निर्माताहरूबीच सकारात्मक छलफल भएको जानकारी ।
७. जुवाडे पक्राउ : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ, ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको प्रहरीद्वारा जानकारी ।
८. इयूको सहयोग : युरोपेली सङ्घ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहयोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने, आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप रकम प्रदान गर्ने निर्णय भएको जानकारी ।
९. जिप दुर्घटना : दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना, दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते, गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट ।
१०. निर्दयी आमा : मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला, शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाएर जन्मदिएर झाडीमा शिशु छोड्ने आमाको खोजी भइरहेको प्रहरीद्वारा जानकारी ।
११. कैदी मृत फेला : सिन्धुली कारागारमा एक कैदीको मृत्यु, मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका ३० वर्षीय विमल मगर ।
१२. फर्कियो नेपाली सेना : मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्कियो, संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली सेनाले आफ्नो टोली फिर्ता बोलाएको जानकारी ।
१३. मेडिकल सञ्चालक पक्राउ : कैलालीमा उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई मेडिकल सञ्चालक पक्राउ, गोदावरी नगरपालिका–५ गेटामा रहेको डिलासैनी क्लिनिक पुगेका सोही ठाउँका चार वर्षीय सम्राट ऐरको उपचारको क्रममा सुई लगाउँदा मृत्यु भएपछि मेडिकल सञ्चालक दिनेश धामी र नविन धामीलाई पक्राउ ।
१४. सान्चेज पुन: प्रधानमन्त्री : समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुन: निर्वाचित, कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थन ।
१५. अफ्रिदी र मसुद कप्तान : पाकिस्तानी क्रिकेट टीमको टी–२० का लागि शाहिन शाह अफ्रिदी र टेस्ट खेलका लागि शान मसुदलाई कप्तानको जिम्मेवारी, एक दिवसीय टोलीका लागि भने कप्तान तोक्न बाँकी ।















प्रतिक्रिया