
काठमाडौं, ३० कात्तिक । महिला टी–२० सिरिजमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा एक विकेटका क्षतिमा पूरा गर्यो ।
घरेलु टिम हङकङसँग भएको खेलमा पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ ।
हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित सिरिजमा आयोजक हङकङसँगै, नेपाल, तान्जेनिया र जापान सहभागी छन् ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी मंसिर २ गते जापानसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।















प्रतिक्रिया